रामहरि खतिवडाले दिए राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा

1.3K

रामहरि खतिवडाले दिए राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुभएकाे । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राजीनामाको घोषणा गर्नुभएकाे हाे ।
राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत तयार प्रतिवेदन संसदबाट पारित भएपछि संसदीय छानविन समितपले गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको थियाे ।राजीनामा दिनु अघि संसदमा बोल्दै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताउनु भयाे ।
सरकारी कर्मचारीलाई अवकाश लगत्तै संवैधानिक र कुटनीतिक नियुक्ति दिन नहुने र यसो गर्दा सरकारको कामकारबाही प्रभावित हुने र भविष्यमा पाउने पदका लागि कर्मचारी रहँदै गलत कार्य हुन सक्ने औंल्याउँदै गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति लागेको स्मरण गर्नुभयाे ।
सर्वसम्मत रुपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको बताउँदै उहाँले कर्मचारीलाई विश्वास गर्दा त्रुटि हुन पुगेको बताउनु भयाे ।