नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघ क्षेत्र नं. २ रुपन्देहीले बिहिबार बुटवलमा तीज मिलन तथा दरखाने कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक सद्भाव र एकतामा जोड दिएका छन् । पार्टीका महिलाहरुका बिचमा आपसी सद्भाव तथा भाइचारा अभिबृद्धिका लागि आयोजना गरिएको कार्यक्रममा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महिला नेतृ गंगा शाहीले तीजको सांस्कृतिक महत्वका बारेमा प्रकाश पार्दै तीजलाई सांस्कृतिक पर्वकै रुपमा अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले पछिल्लो वर्षहरुमा तीजको सांस्कृति पक्षलाई ओझेलमा पार्नेगरी विकृतिहरु पनि आईरहेको बताउँदै त्यसतर्फ सबै सचेत हुनुपर्ने भनाई राख्नुभयो ।
त्यसैगरी नेपाली काँग्रेस महासमिति सदस्य तथा लुम्बिनी प्रदेश सदस्य रामबहादुर कार्कीले तीजले महिलाका वेदना उजागर गर्ने पर्वको रुपमा पहिचान बोकेको भएपनि उछृङ्खल र सामाजिक विकृति भित्र्याउने खालका गतिविधि हुन थालेको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभाकी प्रमुख सचेतक जमुना ढकालले सांस्कृति पर्व तीजलाई मौलिक पर्वकै रुपमा अगाडि बढाउनु पर्ने र हिजो नारीका नारीका बेदना उजागर गरेको तीजले अबका दिनमा सामाजिक सन्देश प्रवाह पनि गर्नुपर्ने भनाई राख्नुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले हरितालिका जीजको शभकामना सहित परम्परागत रुपमा चल्दै आएको तीजलाई सामाजिक, सांस्कृतिक र मौलिकता हराउन दिन नहुने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले तीजको आफ्नै मौलिकता र विशेषता रहेको औंल्याउँदै तीजको मौलिकतामा जोड दिनुभयो ।
कार्यक्रमकी अध्यक्ष, नेपाली काँग्रेस महासमिति सदस्य तथा लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारीले पार्टी भित्रका महिला दिदीबहिनीहरुलाई भेटघाट गराउने र आपसमा सुख–दुःख साटासाट गर्ने वातावरण बनाउनको लागि तीज मिलन तथा दरखाने कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य सावित्रा टण्डन, बुटवल नगर समितिकी सचिव गंगा पन्थी, वडा नं. २ की सभापति धना लामा लगायतले भनाई राख्नुभएको थियो ।