देशभर मनसुनी प्रणाली केही कमजोर देखिएपनि केही स्थानमा भने भारी वर्षाको सम्भावना देखिएको छ । जल तथा मौषम विज्ञान विभाग, मौषम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आईतबार देशभर मौसममा साधारण बदली देखिने मौसम विभागले जनाएको छ । महाशाखाका अनुसार बागमती, मधेश, कोशी र बाँकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा र बाँकी तराईका केही क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालमा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले मनसुन केही कमजोर बनेको हो । महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी छ ।