पाल्पा रिब्दीकोट ख्याहा–रुपन्देही सम्पर्क समाजमा तीज मिलन

1.3K

पाल्पा रिब्दीकोट ख्याहा–रुपन्देही सम्पर्क समाजमा तीज मिलन

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाबाट रुपन्देहीमा आई बसोबास गरेकाहरुको पाल्पा रिब्दीकोट ख्याहा–रुपन्देही सम्पर्क समाजद्वारा तीज मिलन कार्यक्रम गरिएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्रबार रुपन्देहीको तिलोत्तमा स्थित बनबाटिकामा तीज मिलन सहित दर खाने कार्यक्रम गरिएको हो ।
पाल्पा रिब्दीकोट १ ख्याहावाट रुपन्देहीमा बसाई सराई तथा विभिन्न कामको सिलसिलामा रुपन्देहीमा आई बसोबास गरेकाहरुका बिचमा आपसी सद्भाव र भाईचारा अभिबृद्धिका लागि सम्पर्क समाज स्थाना गरिएको थियो । जसले आपसी सद्भाव तथा भाईचार अभिबृद्धि गर्नुका साथै एकता कामय गर्न र स्थानीय कला, संस्कृतिको जर्गेनामा यस्ता कार्यक्रम फलदायी हुने समाजसेवी गीता पाण्डेले बताउनु भयो ।
पाण्डेले हरेक समुदायको कला संस्कृति, भाषाभाषीको संरक्षणका लागि यस्ता समाज प्रेणका स्रोत भएको पनि भनाई राख्नुभयो । समाजका संस्थापक अध्यक्ष तुल्सीराम पराजुलीले समाज स्थापना गर्नुको वारेमा प्रकाश पादै समाजले गदै आएका कार्यहरुको वारेमा जानकारी गराउनु भएको थियो ।

पाल्पा रिब्दीकोट १ ख्याहा रुपन्देही सम्र्पक समाजका अध्यक्ष नारायणबहादुर पहराईको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पा रिब्दीकोट गाउंपालिका वडा नम्बर १ का वडा अध्यक्ष चिरञ्जिवी पोखरेल, पाल्पाली समाजका पदमबहादुर कार्की, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनाल, निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, अर्जुन थापा, समाजका निर्वतमान अध्यक्ष जगदिश न्यौपाने, कार्यक्रम संयोजक नैना गैरे लगायतले समाजले गरेका सामाजिक तथा मानविय कार्य प्रसंसायोग्य रहेको भनाई राख्नुभएको थियो ।
तीज मिलन कार्यक्रममा कलाकारहरु लालमाया थापा पुन, सपना गाहा, विधान कार्की, बसन्त लम्साल, सम्झना रणपालले सांगितिक प्रस्तुती राखेका थिए । उक्त कार्यक्रममा सहकागि आपसी सद्भाव, मायाँ, प्रेस स्नेह साटासाट गर्नुका साथै नाचगानमा सहभागि भएर रमाईलो गरेका थिए ।