आगामी कात्तिक १७ गते ताेकिएकाे प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नं. ३ मा हुने निर्वाचनमा भाग लिन २६ राजनीतिक दल दर्ता भएका छन् ।
उक्त निर्वाचनमा भाग लिनका लागि २७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको हाे ।
निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आवश्यक कागजात पेस नगरेका कारण उपनिर्वाचनका लागि अयोग्य ठहर भएको हाे ।

