होटल ब्यवसायीहरुले मनाए तिज

1.3K

होटल ब्यवसायीहरुले मनाए तिज

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीकाे आयोजनामा तिज मिलन कार्यक्रम गरिएको छ । वर्षभरि आफनो ब्यवसायमा ब्यस्त रहने ब्यवसायी महिलाहरुबिच शुभकामना आदानप्रदान तथा नाचगान सहित तीज मिलन कार्यक्रम गरिएकाे हाे ।
गरि मनाएका हुन ।
कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले तिजको महत्वलाई फरक ढंगबाट अपब्याख्या गरिएको भन्दै दु:ख व्यक्त गर्नुभयाे । पार्वतीको विद्रोहको कथा र व्रतको कारण श्रीमानको आयु नभई आफ्नै आयु बढ्ने कुरा तीजको सन्देश दिने उहाँले बताउनु भयाे । तिज एउटा संघर्षको दिनका रुपमा रहेको भन्दै उहाँले यो दिनलाई शुभकामना र मिठो खाने र नाच्ने दिनका रुपमा मनाउनुपर्ने बताउनु भयाे । गितको माध्यमबाट अधिकार स्थापित गर्न, अधिकार प्राप्ति गर्न सफल भएको उहाँकाे दाबी छ ।
कार्यक्रम संयोजक मैनादेवी आचार्यले तिजको शुरुवात र महिला अधिकारबारे प्रकाश पार्नुभयाे । समयसापेक्ष तिज मनाउने प्रचलन परिवर्तन भएको भन्दै अब महिला अधिकारभन्दा माथि उठ्ने बेला आएको उहाँकाे भनाई छ ।
संघका अध्यक्ष माधवकुमार खनालले संघको वार्षिक कार्यक्रम अन्तरगत तिजमा महिला ब्यवसायीहरुलाई दर खुवाउने परम्परालाई निरन्तरता दिएको बताउनु भयाे ।
कार्यक्रममा याक ब्रुअरी कम्पनी, यति डिष्ट्रिलरीका डिपुटी म्यानेजर प्रितम गिरि, प्रमुख सल्लाहकार माधवप्रसाद नेपाल, निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, सल्लाहकार तथा प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, सल्लाहकार समुन्द्र जिसी, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, महासचिव केशव कंडेल, कोषाध्यक्ष अर्जुन पोखेरलले शुभकामना दिनुभएकाे थियाे ।