स्थानीय तह क्षमता स्वमूल्यांकनमा उत्कृष्ट तिलाेत्तमा नगरपालिका सम्मानित

1.3K

स्थानीय तह क्षमता स्वमूल्यांकनमा उत्कृष्ट तिलाेत्तमा नगरपालिका सम्मानित

आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तह क्षमता स्वमूल्यांकनमा उत्कृट रुपन्देहीकाे तिलाेत्तमा नगरपालिका सम्मानित भएकाे छ ।
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार मन्त्रालयमा कार्यक्रम गरी स्थानीय तह क्षमता स्वमूल्यांकनमा उत्कृट रतिलाेत्तमा नगरपालिकालाई सम्मान गरेकाे हाे ।
कार्यक्रममा सहभागी भई सम्मान तथा पुरस्कार ग्रहण गर्दै तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले खुशी व्यक्त गर्दै सम्पूर्ण नगरवासीको साझा सफलता भएकाे बताउनु भयाे ।
उहाँले नगरपालिकाले सम्पूर्ण तिलोत्तमा नगरवासीप्रति सहयोग र साथका लागि आभार व्यक्त गर्नुभयाे । याे सफलतासँगै तिलोत्तमा नगरपालिकाले अझ प्रभावकारी सेवा प्रवाह र स्थानीय शासन सुदृढीकरणतर्फ अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।