हरितालिका तीजकाे दिन आज बुटवलकाे देवीनगर चाैपारीमा खुला तीजगित कार्यक्रम हुदैछ । नेपाली हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा विगतदेखि हुँदै आएकाे खुला तीजगित कार्यक्रमलाई जी २५ क्लवले व्यवस्थापन गर्नेछ ।
त्यस बारेमा क्लवले साेमबार पत्रकार सम्मेलन गरि जानकारी गराएकाे हाे । बुटवलकाे देवीनगर चाैपारीमा विगतदेखि नै स्वस्फूर्त तीजगित कार्यक्रम हुँदै आएकाे र २०७३ सालमा जी २५ क्लव स्थापना भएपछि तीज गित कार्यक्रमलाई क्लवले व्यवस्थित गराउन थालिएकाे क्लवका अध्यक्ष जयदीप न्याैपानेले बताउनु भयाे । माैलिक कलासंस्कृतिकाे संरक्षण गर्ने उदेश्यले विगतदेखि हुँदै आएकाे खुला तिजगित कार्यक्रमलाई व्यवस्थापन गरिएकाे उहाँले बताउनु भयाे ।
आज मंगलबार दिउसाे २ बजेदेखि कार्यक्रम हुनेछ । कार्यक्रममा ३० हजार बढी उपस्थिती हुने अनुमान गरिएकाे छ । त्यसका लागि टेन्ट, भुईमा दरी, पंखा, खानेपानी, मादल लगायतका बाध्यबादनकाे व्यवस्थापन लगायत व्यवस्था मिलाईएकाे कार्यक्रम संयाेजक तेजेन्द्र खनालले बताउनु भयाे । उहाँका अनुसार ट्राफिक व्यवस्थापन मिलाईएकाे छ । शान्ति सुरक्षाका लागि प्रहरीसंग समन्वय गरिएकाे छ । चारैतर्फ सिसिटिभि क्यामेरा जडान गरिएकाे छ ।
त्स्तै स्वास्थ्य हेल्पडेस्क राखिने छ भने त्यस अगाडी महिलाकाे स्तन तथा पाठेघर क्यान्सर सम्बन्धि परामर्श शिविर राखिएकाे क्लवका निवर्तमान अध्यक्ष निर्मल नेपालले जानकारी गराउनु भयाे ।
विभिन्न पेशा व्यवसायमा रहेका २५ जना युवाबाट सुरु गरिएका जी २५ क्लवले विभिन्न प्रकारका सामाजिक कृयाकलाप गर्दै आएकाे क्लवका महासचिव किशाेर पंगेनीले बताउनु भयाे । उहाँका अनुसार क्लवले विपन्न वर्गमा खाद्यान्न प्रदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्दै आएकाे छ । वर्षकाे एक पटक हुँदै आएकाेमा रक्तदान कार्यक्रम अवकाे दिनमा ४ पटक गरिने उहाँले बताउनु भयाे ।