गिता पन्थीको सहयोगमा आश्रममा खाधान्न

1.3K

गिता पन्थीको सहयोगमा आश्रममा खाधान्न

अस्ट्रेलियामा रहेकी अर्घाखाँचिकी गिता पन्थीले लायन्स क्लव अफ बुटवल शान्तिदीप मार्फत बुटवल उपमहानगरपालिका वडा नं. १५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा खाद्यान्न प्रदान गर्नुभएको छ ।
अर्घाखाँचिमा रहेको नानेज फाउण्डेसन मार्फत बिभिन्न संघ संस्थामा सहयोग गर्दै आएकी पन्थीले लायन्स क्लव अफ बुटवल शान्तिदीपको समन्वयमा उक्त आश्रममा खाधान्न सहयोग गर्नु भएको क्लबका पुर्व अध्यक्ष बिशाल पन्थीले बताउनु भयो । त्यसरी प्राप्त खाद्यान्न लायन्स इन्टरनेशनलका जोन चियरपर्सन कमला ज्ञवाली र क्लवका अध्यक्ष रामहरी भुसालले आश्रममा हस्तान्तरण गर्नुभएको हो ।
२०७३ सालमा स्थापना भएको लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रमले शारिरिक रुपमा अपाङ्ग तथा अनाथ बालबालिकाको अभिावकत्व गर्दै आएको छ । कार्यक्रममा क्लवका पुर्व पदाधिकारी र कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । स्थापना कालदेखि बिभिन्न सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव शान्तिदीपले यो वर्षको पहिलो कार्यक्रम अन्तरगत बृक्षरोपण गरिसकिएको क्लवका सचिव प्रकाश अधिकारीले जानकारी गराउनु भयो ।
समाजसेवी पन्थीले अर्घाखाँचीको मालारानी गाँउपालिका बाँकीमा रहेको शान्ति माध्यमिक विद्यालयमा हरेक वर्ष २० जना विद्यार्थीलाई स्टेशनरी उपलब्ध गराउँदै आउनु भएको छ भने सन्धिखर्कमा अटिजम भएका बालबालिकालाई पढाउने बिधालयका एक जना शिक्षकलाई दुई बर्षदेखि तलव उपलब्ध गराउँदै आउनु भएको छ । त्यस्तै पाठ्यपुस्तक समेत उपलब्ध गराउनु भएको छ । अष्ट्रेलियामै रहेका उहाँका श्रीमान नारायण पन्थीको सहयोगमा नेनाज फाउण्डेसन सञ्चालनमा छ ।