लुम्बिनी क्षेत्रका उद्योग स्थानान्तरण गर्न सरकारका नाममा सर्बोच्चको आदेश

1.3K

लुम्बिनी क्षेत्रका उद्योग स्थानान्तरण गर्न सरकारका नाममा सर्बोच्चको आदेश

लुम्बिनी क्षेत्रका उद्योग स्थानान्तरण गर्न सर्बोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । लुम्बिनी संरक्षणका लागि बनाइएको पर्खालबाट १५ किलोमिटर दूरीभित्र धुलो, धुँवा र कार्वन उत्सर्जन गर्ने उद्योग स्थापनाको अनुमति नदिन र त्यो क्षेत्रभित्र रहेका उद्योगहरुलाई पनि विस्थापित गर्ने नीति तय गर्न सरकारका नाममा सर्बोच्च अदालतले आदेश जारी गरेको छ ।
जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मालगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीशहरु कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले १५ किलोमिटर दूरीभित्र रहेका र धुलो, धुँवा तथा कार्बन उत्सर्जन गर्ने उद्योगहरुलाई दुई वर्षभित्र बन्द गराउन आदेश दिएको हो । सर्वोच्च अदालतले आदेशमा भनिएको छ–‘धुलो, धुँवा वा कार्वनजन्य प्रदूषण उत्सर्जन गर्ने उद्योग तथा कलकारखाना बन्द वा स्थानान्तरण गर्दा बृहत्तर लुम्बिनी क्षेत्रको दीर्घकालीन संरक्षणमा समेत पर्याप्त ध्यान पु¥याउनु ।’
औद्योगिक प्रवद्र्धन केन्द्रले १२ मंसिर, २०६६ अघि दर्ता भएर सञ्चालनमा आएका उद्योगको हकमा समेत स्थानान्तरण गर्ने नीति लिएको थियो । सर्वोच्च अदालतले त्यस्ता उद्योगको पूँजी, क्षमता बढाउने, विद्युत क्षमता थप्ने लगायतका काम नगर्ने नीति कार्यान्वयन गर्न पनि आदेश दिएको छ ।
त्यसैगरी उद्योग स्थानान्तरण भएपछि खाली हुने जग्गामा पर्यटनमैत्री व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहुलियत रुपमा सुविधा दिन आदेश गरेको हो । लुम्बिनी संरक्षणका लागि दक्षिणमा भारतसम्म अनि पूर्वपश्चिम र उद्योगतिर १५ किलोमिटरको दूरीमा १९ टनभन्दा बढीका सवारीसाधन नचलाउन पनि सर्वोच्चले आदेश दिएको छ ।

तस्वीर : ए.आई.को सहयोगमा तयार गरिएको हो ।