प्रधानमन्त्री ओली चीन भ्रमणमा

1.3K

प्रधानमन्त्री ओली चीन भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि आज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्नु भएकाे छ । प्रधानमन्त्री भएपछिको यो उहाँको दोस्रो पटक चीन भ्रमण हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीन भ्रमणमा उड्नुभएका प्रधानमन्त्री ओली यही भदाै १८ गतेसम्म रहनु हुनेछ ।
यस अवधिमा ओलीले उत्तरी चीनको तिआन्जिनमा १५ र १६ भदौमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागि हुनुहुनेछ । याे सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नुहुनेछ । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका उच्चस्तरीय प्रतिनिधि सहभागी हुनेछन् ।
चिन भ्रमणमा प्रधानमन्त्री ओलीसँगै श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा लगायत सहभागी छन् । चिन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ भने भदाै १७ मा हुने एससीओ प्लस सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । त्यस्तै जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध तथा विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव समारोहमा पनि सहभागी हुनुहुनेछ । त्यसैगरी विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।