लुम्बिनीका नगरप्रमुख मुसलमानकाे मृत्यु

1.3K

लुम्बिनीका नगरप्रमुख मुसलमानकाे मृत्यु

रुपन्देहीकाे लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमानकाे मृत्यु भएकाे छ । पारिवारिक स्राेतका अनुसार अकस्मात अकस्मात हृदयघात भएपछि अस्पताल लैजादै गर्दा उहाँकाे शनिबार विहान निधन भएकाे हाे ।
हिजो शुक्रबार मात्रै मलेसियाबाट स्वदेश फर्किनु भएका नगरप्रमुख मुसलमानलाई स्वास्थ्यमा आकस्मिक समस्या देखिएपछि उपचारका अस्पताल लगिदै थियाे ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ निवासी ७२ वर्षीय मुसलमान गएकाे स्थानीय तहकाे निर्वाचनमा नेपाली काँग्रसबाट निर्वाचित हुनुभएकाे थियाे । उहाँकाे शवकाे धार्मिक परम्परा अनुसार लुम्बिनीमा अन्त्यष्टि गरिने बताईएको छ।