आज बुटवलमा सार्वजनिक बिदा

1.3K

आज बुटवलमा सार्वजनिक बिदा

बुटवल उपमहानगरपालिकाले आज आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । थारु समुदायले मनाउने बडका अत्तवारी पर्वकाे अवसरमा आज सार्वजनिक विदा दिने निर्णय गरिएकाे हाे ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयद्वारा जारी सूचनामा उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा स्थानीय सार्वजनिक बिदा दिइने उल्लेख गरिएको छ ।