राेटरी तिलाेत्तमा रुपन्देहीमा प्रशिक्षण

1.3K

राेटरी तिलाेत्तमा रुपन्देहीमा प्रशिक्षण

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीमा राेटरी, राेट्रयाक्ट र इन्ट्रयाक्ट क्लवका सदस्यहरुलाई प्रशिक्षण गरिएकाे छ । राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले क्लवकाे ७ सयाैं नियमित बैठकका अवसरमा शनिबार बुटवलमा आयाेजना गरिएकाे मेम्बरशिप अपरेशन कार्यक्रममा उक्त क्लव र मातहतका राेट्रयाक्ट तथा इन्ट्रयाक्ट क्लवका पदाधिकारी सदस्यहरुलाई प्रशिक्षण गरिएकाे हाे ।
कार्यक्रममा राेटरी डिष्ट्रिकका मेम्बरशिप चियर लक्ष्मण ज्ञवालीले राेटरी, राट्रयाक्ट, इन्ट्रयाक्ट, यसका उद्धेश्य, काम कर्तव्य तथा नेपालमा राेटरीकाे अवस्थाका बारेमा जानकारी गराउनु भएकाे थियाे । उहाँले सदस्य बनाउँदा नै क्लवकाे बारेमा पूर्ण जानकारी गराएर मात्रै सदस्य बनाउन पनि आग्रह गर्नुभयाे ।
त्यस अवसरमा क्लवका अध्यक्ष दीपक भट्टराईले राेटरी, राट्रयाक्ट, इन्ट्रयाक्टका पदाधिकारी तथा सदस्यहरुलाई राेटरी, राट्रयाक्ट, इन्ट्रयाक्टका बारेमा थप जानकारी दिन र उनीहरुलाई जिम्मेवार बनाउनका लागि तालिम प्रदान गरिएकाे बताउनु भयाे ।
कार्यक्रममा राेटरी डिष्ट्रकका एजी जितेन्द्र नाथ शर्मा, क्लवका पूर्व अध्यक्षहरु वालकृष्ण अर्याल, निरज श्रेष्ठ, उपाध्यक्ष निरञ्जन पाेखरेल, राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा देवदहका अध्यक्ष डा. विजय अमागाई, राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा रुपन्देहीकी अध्यक्ष सिर्जना गिरी, राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा सुद्धाेदनका अध्यक्ष अनिल भण्डारी र प्रस्तावित इन्ट्रयाक्ट क्लव अफ लिटिल फ्लावरका अध्यक्ष समर क्षेत्रीले भनाई राख्नु भएकाे थियाे ।