सामाजिक सञ्जालहरु बन्दभएपछि सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारसंग छलफल गर्ने भएकाे छ ।
नेपाली काँग्रेसकाे आईतबार सभापति शेरबहादुर देउवा निवासमा बसेकाे कार्यसम्पादन समितिकाे बैठकले सामाजिक सञ्जालहरु बन्द गरेकाे प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सरकारसंग छलफल गर्ने निर्णय गरेकाे हाे ।
उक्त बैठकमा काँग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरु मध्ये पर्यटनमन्त्री बद्री पाण्डे मात्रै सहभागी भएकाे र सरकारले याे निर्णय लिँदा मन्त्री पाण्डे चिनमा रहेकाले अरु मन्त्रीहरुसँग छलफल गरेर पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने विषयमा समेत छलफल भएकाे थियाे ।
मन्त्री पाण्डेले सरकारले याे निर्णय लिँदा आफू चिनमा रहेकाले सामाजिक सञ्जाल बन्द गर्नुको कारणबारे सरकारी धारणा नराखेपछि अरु मन्त्रीहरुसंग सरकारी धारणा लिएर सरकारसंग छलफल गर्ने निर्णय लिएकाे हाे ।
नेपालमा सूचीकृत हुन गरेको आह्वान नटेरेको भन्दै सरकारले यही भदौ १९ गते फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।