काठमाण्डाैंमा जेन-जी प्रदर्शन : प्रहरीकाे गाेली लागेर मृत्यु हुनेकाे संख्या १४ पुग्याे

1.3K

काठमाण्डाैंमा जेन-जी प्रदर्शन : प्रहरीकाे गाेली लागेर मृत्यु हुनेकाे संख्या १४ पुग्याे

सामाजिक सञ्जालमाथि नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध राजधानीमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
प्रहरीकाे गाेली लागेर घाईते भएकाहरुकाे उपचारकाे क्रममा ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
उक्त आन्दाेलनमा घाइते भएकाकाे संख्या एकिन हुन सकेकाे छैन ।
आन्दोलनमा उत्रिएका युवाहरू जुलुससहित प्रहरीको घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूले संसद भवन परिसरभित्र रहेको प्रहरी पोष्टसमेत कब्जा गरेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुका साथै दर्जनौं सेल अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो ।
लगातार बढ्दै गएको तनावपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तत्काल प्रभावबाट कर्फ्यु आदेश जारी गरेको छ। सेनाको टोली समेत सडकमा परिचालन गरिएको छ । तर पनि प्रदर्शनकारीहरू विभिन्न ठाउँमा नारा जुलुस गर्दै निरन्तर आन्दोलनमा छन् ।