जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल र भैरहवाको केही क्षेत्रमा राती १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी डा. टाेकराज पाण्डेले शुक्रबार अपरान्ह ४ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गर्नु भएकाे हाे ।
जिल्ला प्रशासन रुपन्देहीले शुक्रबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा लागू हुने जनाएको छ । यस अवधिमा तोकिएका क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, धर्ना, विरोध कार्यक्रम, बैठक लगायत भीडभाड गर्ने कुनै गतिविधि गर्न पाइने छैन।
प्रशासनले जारी गरे अनुसार बुटवलमा
पूर्वमा धागो कारखाना पुलसम्म, पश्चिममा बेलहिया चाेकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म रहेकाे छ । त्यस्तै भैरहवामा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा वेथरी पुल, उत्तरमा बुद्धचोक, र दक्षिणमा मेउडिहवासम्म रहेकाे छ । त्यस्तै बुटवल–बेलहिया सडक खण्डको दुवै तर्फ १०० मिटर क्षेत्रभित्र पनि निशेधाज्ञा लगाएकाे हाे ।
प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीयवासीलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।
