गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएकाे छ । उहाँले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाउनु भएकाे हाे ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री लेखकले राजीनामा दिनुभएकाे हाे ।