पूर्वप्रधानन्यायाधिश कार्की प्रधानमन्त्री नियुक्त : प्रतिनीधि सभा विघटन गर्ने सहमति

1.3K

पूर्वप्रधानन्यायाधिश कार्की प्रधानमन्त्री नियुक्त : प्रतिनीधि सभा विघटन गर्ने सहमति

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार पूर्वप्रधानन्यायाधिश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । २०७२ सालमा संविधान जारी भएपछि अहिलेसम्म बनेका सबै सरकार संविधानको धारा ७६ अनुसार बनेका थिए ।
जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभएकी कार्कीले संविधानको धारा ६१ अनुसार नियुक्त पाउनु भएको हो ।
योसंगै नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै नवनियुक्त कार्कीको आजै शपथ ग्रहण हुँदैछ ।
पूर्वप्रधानन्यायाधिश कार्कीलाई सरकारको नेतृत्व सुम्पिने र प्रतिनिधिसभा विघटन गर्ने सहमति पछि राष्ट्रपति पौडेलले प्रधामन्त्री नियुक्त गर्नुभएको हो ।
राजनीति दलहरुले यही संसद्भित्रबाट कार्कीलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोज्न राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका थिए । तर, जेनजीद्वारा सरकार प्रमुख प्रस्तावित कार्कीले अहिलेको संसद् राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडानका बिच सहमतिमा विलम्ब भएको थियो । जसका कारण राष्ट्रपति कार्यालयमा बिहीबार राति र शुक्रबार बिहानसम्म चलेको वार्ता निष्कर्षविहीन टुंगिएको थियो । दिउँसो समेत कुनै सहमतिको छाँट नदेखिएपछि प्रधानसेनापति अशोकराज सिग्देलले संकटकाल लगाउनुपर्ने अवस्था समेत आउनसक्ने चेतावनी दिनुभएको थियो ।
तीब्र दबाबका बीच जेनजीको माग अनुसार नै कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । नेपाली सेनाको जंगीअड्डामा बुधबार भएको छलफलपछि जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीको नाम प्रस्ताव गरेका थिए ।