प्रतिनिधि सभा विघटन भएकाे छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय गर्नुभएकाे हाे ।
शुक्रबार राति मात्रै प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले लगत्तै शपथग्रहण र पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नुभएकाे हाे ।
त्यस्तै, यही फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गर्नुभएकाे हाे ।
जेन-जीकाे आन्दाेदनबाट उत्पन्न असहज परिस्थितिका बिच प्रधानमन्त्रीमा सिफारिस हुनुभएकी कार्की र प्रधानसेनापति अशोकराज सिग्देलकाे दवावमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधि सभा विघटन गर्ने सहमति भएकाे थियाे ।
पहिले प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत हुनुभयाे र राष्ट्रपति पाैडेलले प्रधानमन्त्री नियुक्त गर्नुभयाे ।
सामाजिक सञ्जालमाथि नेपाल सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारकाे विराेधमा २३ गते जेन-जी समुहका युवाहरु काठमाण्डाैंमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा निशेधित क्षेत्रमा प्रहरीले लगाएकाे वेरिकेट ताेड्ने र संसद् भवन छिर्ने क्रममा प्रहरीले चलाएकाे गाेली लागेर युवा विद्यार्थीकाे निधन भएपछि आन्दाेलनले थप उग्र रुप लिएकाे थियाे ।
२४ गतेकाे आन्दाेलन उत्कर्षमा पुग्याे । ताेडफाेड र आगजनीका कारण देशमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भाैतिक संरचनामात्रै हाेइन दस्तावेज र अभिलेखहरु सबै सखाप भए । त्यस्तै देशभरका सरकारी कार्यालयहरु, मन्त्री तथा नेताका घर, व्यवसायिक प्रतिष्ठानहरु ताेडफाेड र आगजनी भयाे ।
त्यसाे त जेन-जी समुहले आन्दाेलनमा घसपैठ भएकाे बताउदै व्याक हुन समेत भनेकाे थियाे । तर परिस्थितीले अर्कै माेड लिईसकेकाे थियाे । जेन-जीले गरेकाे आन्दाेलनकाे नेतृत्व अराजकतामा परिणत भएकाे थियाे ।
अन्तत: प्रधानमन्त्री केपि शर्मा ओेलीले पदबाट राजिनामा दिनुभयाे । आन्दाेलनकाे दाेस्राे दिनमै सरकार ढलेकाे नेपालकाे ईतिहासमै सम्भवत: पहिलाे घटना हाे ।