नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण : जेन–जी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा

1.3K

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण : जेन–जी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएकी कार्कीले आज आईतबार बिहान सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको हो ।
जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने र तीनका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार यो आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नु अघि लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो । सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार, वथितीका विरुद्ध यहि भदौ २३ र २४ गते जेन–जी समुहका युवा विद्यार्थीको आन्दोलनका कारण प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्य पारिएको थियो भने त्यसैका बलमा पूर्व प्रधान न्यायाधिश सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
शुक्रबार राती प्रधानमन्त्रीमा नियुक्त कार्कीले त्यसैदिन शपथग्रहण गरी त्यसैदिन राती प्रतिनीधि सभा विघटन गर्नुभएको थियो ।