आगजनी र तोडफोडका घटना सुनियोजित षडयन्त्र हुन सक्ने प्रधानमन्त्री कार्कीको आशंका

1.3K

आगजनी र तोडफोडका घटना सुनियोजित षडयन्त्र हुन सक्ने प्रधानमन्त्री कार्कीको आशंका

प्रधानमन्त्री सुशिला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ । आईतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले योजनामै भएको होकी भन्ने लागेको बताउनु भएको हो । उहाँले भन्नुभयो–‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ ।’
उहाँले यसबारेमा छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने पनि बताउनु भयो । उहाँले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरु र निजी व्यवसायिक प्रतिष्ठानहरुमा भएको आगजनी लज्जास्पद भएको पनि बताउनु भयो ।