आज मंगलबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा मध्यम वर्षा हुनेछ । अहिले पनि कतिपय स्थानमा वर्षा भईरहेकाे छ ।
जल तथा माैषम विज्ञान विभाग, माैषम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ भने अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव पनि रहेकाे छ ।
दिउँसो देशभर साधारणतया बदली रहने छ ।
त्यसैगरी राति पनि देशभर बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा र कोशी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।