मन्त्री नियुक्तिका लागि ५ जनाकाे नाम सिफारिस : नियुक्ति र शपथ भाेली

1.3K

मन्त्री नियुक्तिका लागि ५ जनाकाे नाम सिफारिस : नियुक्ति र शपथ भाेली

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री नियुक्तिका लागि ५ जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गर्नुभएकाे छ ।
प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचना समितिका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गर्नुभएकाे हाे ।
मन्त्री नियुक्तिका लागि भएकाे सिफारिस अनुसार नियुक्ति र शपथ भोलि हुने राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी गराउनु भयाे । उहाँका अनुसार प्रधानमन्त्रीकाे कार्यालयबाट मन्त्रीहरुको सिफारिस राति आइपुगेकाले नियुक्ति र शपथ ग्रहणकाे कार्यक्रम भाेली हुनेछ ।
याेसहित मन्त्रीपरिषदकाे संख्या ९ पुग्ने छ । जेन-जी आन्दाेलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकार ढलेपछि आन्दाेलनकाे जगमा पूर्वप्रधानन्यायाधिश सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे भने संसद विघटन गरिएकाे थियाे ।
त्यसपछि पूर्व अर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरिएकाे थियाे ।