रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई बजारस्थित साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखामा रहेको एटिएम मेसिन तोडफोड गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एटिएम मेसिन तोडफोड भएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका–६ पर्सा निवासी २५ वर्षीय सुरज चौधरी र सोही गाउँपालिका–२ श्रीनगर निवासी २२ वर्षीया बिन्दु बानियालाई पक्राउ गरेको हो ।
प्रहरी नियन्त्रणमा रहेका उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।