सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सहित ५ जनाको राहदानी (पासपोर्ट) रोक्का गर्ने निर्णय गरेको छ ।
जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसको आधारमा तत्कालिन प्रधामन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयले उनीहरुलाई अनुमति बिना काठमाण्डौ बाहिर जान पनि रोक लगाएको हो । गएको भदौ २३ गते भएको जेन–जी आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । भने कैयौं घाईते भएका थिए । भदौको २३ र २४ गते भएको आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।