आगलागी पीडित ओलीलाई पालिका अध्यक्ष कुँवरद्वारा राहतस्वरूप आर्थिक सहयोग

1.3K

आगलागी पीडित ओलीलाई पालिका अध्यक्ष कुँवरद्वारा राहतस्वरूप आर्थिक सहयोग

गुल्मीकाे मदाने गाँउपालिका वडा नं. ७ टिमुरखर्कका आगलागि पिडित दिपे ओलीलाई गाँउपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले राहत स्वरुप आर्थिक सहयाेग प्रदान गर्नुभएकाे छ ।
ओलीको घरमा यहि कार्तिक ७ गते राति आगलागी हुँदा घरसहित घरमा रहेका सबै सामान जलेर नष्ट भएको थियाे । आगलागीबाट अन्न, सामान, लत्ता–कपडा र कागजपत्र समेत जलेर पूर्ण रूपमा नष्ट भएको थियाे ।
आगलागिबाट घरवार बिहिन भई खुला आकाशमुनी बस्न बाध्य भएका ओलीकाे परिवारलाई केही भएपनि राहत हाेस भनेर अध्यक्ष कुँवरले आफूले पालिकाबाट प्राप्त गर्ने सुविधा वापतकाे रकमबाट १० हजार रुपैंयाँ प्रदान गर्नुभएकाे हाे ।
अध्यक्ष कुँवरले विपद् र संकटका बेला गाउँपालिकाले सदैव नागरिकसँगै रहने प्रतिबद्धता जनाउनुभयो । स्थानीयवासीहरूले पनि आगलागी पीडित ओली परिवारको पुनःस्थापनाका लागि थप सहयोगकाे अपिल गर्नुभयाे ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका कुवँरले पालिकाको अध्यक्षमा निर्वाचित भएपछि पालिकाबाट पाउने सुविधा वापतको रकम पार्टीको खातामा जम्मा हुने व्यवस्था मिलाउनु भएको छ । त्यसरी पार्टीको खातामा आएको रकम पार्टी समितिको निर्णयबाट गरिव तथा विपन्न समुदायका सदस्यहरुको शिक्षा, स्वास्थ्य लगायतमा सहयोग गर्दै आएको उहाँले बताउनु भयो ।