अर्काकी श्रीमतीसंग होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु

1.3K

अर्काकी श्रीमतीसंग होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु

बुटवलमा अर्काकी श्रीमतीसँग होटलमा बसेका एक पुरुषको रहस्यमय मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–६ चाँदबारी निवासी ५६ वर्षीय सतीशकुमार क्षेत्रीको शनिबार दिउँसो बुटवल मिलनचोकस्थित अर्घाखाँची लुम्बिनी होटल एण्ड लजमा मृत्यु भएको हो ।
क्षेत्री शनिबार दिउँसो बुटवल–२ पाखापानीकी ३० वर्षीया विवाहित महिलासँग उक्त होटल पुगेका थिए । ती महिलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका बताइएको छ ।
होटलमा पुगेपछि उनीहरूले छुट्टाछुट्टै तलामा कोठा बुक गरे पनि पछि एउटै कोठामा बसेर खाजाको रूपमा मासु र मदिरा सेवन गरेको होटल स्रोतले जनाएको छ । त्यस क्रममा क्षेत्री अचानक बेहोस भएपछि ती महिलाले होटल सञ्चालकलाई जानकारी गराएकी थिइन् ।
क्षत्रीलाई तत्कालै एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।
प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार शवमा बाहिरी चोटपटक नदेखिएको र मृत्युको कारण खुलेकाे छैन ।
उहाँका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ भने क्षत्रीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । ती पुरुषसंग गएकी महिलालाई प्रहरीकाे नियन्त्रणमा राखिएकाे छ ।