भारतीय टाइटन घडीको बुटवलमा शोरुम

1.3K

भारतीय टाइटन घडीको बुटवलमा शोरुम

भारतीय टाइटन घड़ी टाटा कम्पनीले बुटवलमा एक्सक्लुसिभ स्टोरको शुभारम्भ गरेको छ । आकर्षक डिजाइन र छनोट गर्नका लागि १ हजार भन बढी घडीहरुका डिजाइनहरूको विस्तारित संग्रहका साथ आरके वाच सेन्टरले बुटवल बीपीचोकमा टाइटनको एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको हो ।
उक्त टाइटन एक्सक्लुसिभ सेन्टरको मंगलबार एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । उहाँले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
विश्वको पाँचौं ठूलो घडी निर्माता, टाइटन कम्पनी लिमिटेडले बुटवलमा आफ्नो विशेष ब्राण्ड आउटलेट खोलेर नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयास गरेको छ । रणनीतिक रूपमा बुटवल शहरको मुटुमा अवस्थित, स्टोरको शुभारम्भ यसको गुणस्तर र डिजाइनहरू नेपाली उपभोक्ताहरूका लागि नजिक ल्याउने प्रयास भएको कम्पनीका इन्टरनेशनल अपरेसन, विजनेश म्यानेजर बसन्त बासुदेवनले बताउनु भयो ।
उहाँका अनुसार यो स्टोरमा एक हजार भन्दा बढी आकर्षक डिजाईनका घडिहरु पाईने छ । यसमा महिला, पुरुष र युवा लक्षित फेसनेवल घडिहरु पाईनेछ ।

बुटवल स्टोरको सुरुवातसँगै, टाइटनका नवीनतम स्मार्टवाचदेखि टाइमलेस क्लासिक क्वाट्र्ज र अटोमेटिक्स सम्म ल्याईएको पनि उहाँले जानकारी गराउनु भयो । सोरुप उद्घाटनको अवसरमा मंसिर १० गतेसम्म हरेक खरिदमा १० प्रतिशत छुट र स्क्रिन पर्फुम उपहार प्रदान गरिने आरके वाच सेन्टरका सञ्चालक कुमार तामाङले जानकारी गराउनु भयो ।
टाइटनको नेपालका लागि आधिकारिक वितरक नेपाल ट्रेड नेटवर्क प्रा लि का प्रबन्ध निर्देशक सुनिलकुमार अग्रवालले टाइटनसंग २१ वर्षको साझेदारी रहेको बताउँदै टाइटनका घडिहरु गुणस्तरीय र विश्वसनीय रहेकाले बजार विस्तारसंगै ग्राहको अझै मन जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार हालैमात्रै काठमाण्डौ, धरान र विराटनगरसंगै बुटवलमा शोरुम सञ्चालनमा ल्याईएको हो ।