प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा : पाँच सदस्यीय अध्यक्ष परिषद रहने

1.3K

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा : पाँच सदस्यीय अध्यक्ष परिषद रहने

डा. बाबुराम भट्टराई अभिभावकीय भूमिका रहनेगरी प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, माओवादीबाट अलग भएका जनार्दन शर्माको प्रगतिशिल राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारको एकता पछि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो ।
काठमाण्डौमा आईतबार एक कार्यक्रमका बिच पूर्वप्रधानमन्त्री समेत रहनुभएका डा.भट्टराईले सो पार्टीको औपचारिक घोषणा गर्नुभएको हो । सो पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् । नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।
त्यस्तै पार्टीको प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त रहने र चुनाव चिन्ह आँखा राखिएको छ । त्यस्तै ५ सदस्यीय अध्यक्ष परिषद रहनेछ । अध्यक्ष परिषद्मा दुर्गा सोब, सन्तोष परियार, सुदन किराँती, जेनजी अगुवा ओजस्वी भट्टराई र एक सदस्य मधेशबाट राखिने बताईएको छ ।