अष्ट्रेलिया, युके, क्यानडा, अमेरिका, न्युजिल्यान्ड र दुबईका लागि शैक्षिक परामर्श तथा विद्यार्थी भिसा सेवा प्रदान गर्दै आएको एबिसी ग्लोबल एजुकेशन प्रा.लि.ले बुटवलमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा अभिभावकलाई सहज, विश्वसनीय र व्यावसायिक सेवा उपलब्ध गराउने उद्देश्यले यो शाखा स्थापना गरिएको हो ।
ब्रिसबेन, अष्ट्रेलियामा मुख्य कार्यालय रहेको संस्थाले नेपालका प्रमुख शहरहरूमा नौ स्थानबाट सेवा प्रदान गर्दै आएको छ । लुम्बिनी प्रदेश प्रमुख रोशनप्रताप कंडेलका अनुसार काठमाडौं (नयाँ बानेश्वर, पुतली सडक), पोखरा, चितवन, इटहरी, बुटवल, दाङ लगायत स्थानमा शाखा सञ्चालनमा छन् ।
एबिसी ग्लोबल एजुकेशन आईएलटिएस, पिटिई लगायतका अन्तर्राष्ट्रिय भाषा कक्षाको आधिकारिक प्रशिक्षण केन्द्र पनि हो । विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको तयारी, मार्गदर्शन र परामर्श सेवा उपलब्ध गराउँदै आएको कंडेल बताउँछन् ।
बुटवलको राजमार्ग चौराहामा रहेको नयाँ शाखामा एसीसहितका आधुनिक कक्षाकोठा, व्यक्तिगत परामर्श कक्ष, कार्यकक्ष, बैठक हल, स्वतन्त्र पार्किङ लगायत सुविधा समावेश गरिएको छ । निकट भविष्यमै लुम्बिनी प्रदेशका परासी, कपिलवस्तु, पाल्पा, नेपालगञ्ज, भैरहवा र ताम्घासमा थप ६ शाखा विस्तार गर्ने योजना संस्थाले सार्वजनिक गरेको छ ।
२४ वर्षको अनुभवका कारण शैक्षिक परामर्श क्षेत्रमा विज्ञका रूपमा परिचित कंडेल क्यान महासंघ रुपन्देही र लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष समेत रहिसकेका छन् । करिब १ करोड रुपैयाँ लगानीमा बुटवल शाखा स्थापना गरिएको र संस्थाको प्रभावकारिता बढाउन स्थानीय साझेदारको खोजी भइरहेको कंडेलले जानकारी दिनुभयाे ।