सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी पुस २७ गते साधारण सभा बाेलाउने निर्णय गरेकाे हाे ।
साधारण सभा काठमाण्डौ–तीनकुनेस्थित सिद्धार्थ कटेजमा दिउँसो पाैने ३ बजे सुरु हुनेछ ।
सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त सेयरपूँजीको उपयोग गर्ने तथा नियमनकारी निकायले आवश्यक परे संशोधन गर्न निर्देशन दिएमा त्यसअनुसार कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्तावहरू पारित गर्नेछ ।
त्यसैगरी, कम्पनी तथा सहायक कम्पनीहरू—हिलसाइड भिलेज रिसोर्ट, ऋषि कालदेवल पर्यटन कम्पनी र नुवाकोटगढी पर्यटन कम्पनीका वित्तीय विवरण सहितका एकीकृत वित्तीय विवरण पनि सभाबाट पारित गरिनेछ ।