प्रतिनिधि सभाकाे समानुपातिक निर्वाचन प्रक्रिया प्रारम्भ

1.3K

प्रतिनिधि सभाकाे समानुपातिक निर्वाचन प्रक्रिया प्रारम्भ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आज (मंसिर २१)देखि औपचारिक रूपले सुरु भएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीमा सहभागी हुन इच्छुक राजनीतिक दलहरूले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्नेछन् । प्राप्त निवेदनहरूको अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत सूची प्रकाशित गरिनेछ ।
यसअघि तोकिएको कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची आगामी पुस १३ र १४ गते पेश गर्नुपर्नेछ । बन्दसूचीमा ५० प्रतिशत महिला अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
बन्दसूचीको प्रारम्भिक सूची माघ ४ गते सार्वजनिक गरिनेछ भने दाबी–विरोध तथा उजुरी छानबिनपछि माघ २० गते अन्तिम बन्दसूची प्रकाशन हुनेछ ।
विद्यमान कानुनअनुसार प्रतिनिधिसभामा २७५ सदस्य रहन्छन्, जसमा १६५ जना प्रत्यक्ष निर्वाचनबाट र बाँकी ११० जना समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत चयन गरिनेछ । प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आगामी माघ ६ गते गरिनेछ ।