नेपाली बजारमा सुनको भाउले रेकर्ड तोडेको छ । आईतबार सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ २ लाख ५८ हजार ८ सय रुपैंया तोकेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा २ हजार २ सय रुपैंया बढेको हो । हिजो शनिबार २ लाख ५६ हजार ६ सय रुपैंया प्रति तोलामा कारोवार भएको थियो ।
यस अंगाडि गएको असोज ३१ गते रेकर्ड बनाएको थियो । त्यो दिन सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैंया थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गतेको रेकर्ड अझै तोडिएको छैन । त्यो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३ सय अमेरिकी डलर छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार तिहारको बिदाका कारण कात्तिक ४ देखि ८ गतेसम्म नेपालमा मूल्य समायोजन हुन नपाएको र अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा नेपालमा छिटो मूल्य रेकर्ड तोडिएको हो ।
चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको छ । चाँदीको आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तोकिएको छ ।