एमाले महाधिवेशन : नेतृत्वमा रस्साकसी

1.3K

एमाले महाधिवेशन : नेतृत्वमा रस्साकसी

नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटनसंगै नेतृत्व चयनको विषयलाई लिएर पार्टी भित्र रस्साकसी सुरु भएको छ । आज आइतबार भृकुटीमण्डपमा हुने बन्दसत्रमा निर्वाचन कार्यतालिका सार्वजनिक हुने छ । अध्यक्षमा हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेद्वार बन्न पक्कापक्की छ । दुबै पक्ष छुट्टाछुट्टै प्यानल बनाउने गृहकार्यमा समेत जुटेका छन् ।
यस पटक पदाधिकारी र केन्द्रीय कमिटीको आकार खुम्च्याइएकाले आकांक्षी व्यवस्थापन ओलीका लागि चुनौती बनेको छ । विधान संशोधनमार्फत संख्या बढाउने प्रस्तावमा पोखरेल पक्षको विरोध छ । यद्यपी अहिले केन्द्रीय कमिटिको बैठक बसिरहेको छ । विधान संशोधन गरेर संख्या बढाउने विषय के हुन्छ त्यो विषयमा मसेत बैठकले निर्णय लिनेछ ।
त्यसैगरी महाधिवेशनमा युवाको प्रतिनिधित्व बढाउनुपर्ने माग पनि उठेको छ । ४० वर्षमुनिका करिब चार सय प्रतिनिधि सहभागी छन् । केन्द्रीय कमिटि बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेताहरुले जानकारी गराएका छन् ।