विकास र समृद्धिको आधार : कृषि पशुपन्छि तथा मस्त्यपालन, सम्भावना र चुनौती

1.3K

विकास र समृद्धिको आधार : कृषि पशुपन्छि तथा मस्त्यपालन, सम्भावना र चुनौती

डा.प्रदिप शर्मा पौडेल /

कृषिको बिकाश बिना देशको समृध्दिको कल्पनासम्म गर्न सकिदैन । नेपाल कृषिप्रधान देश जहा ६५ प्रतिशत भन्दा बढि कृषि पेशामा सम्लग्न जनताहरुको सपना साकार पार्नको लागि विभिन्न प्राबिधिक पक्षहरुको सन्तुलित संयोजन आवश्यक देखिन्छ । त्यसमध्ये सुशासन र विकास पहिलो शर्तहरु हुन । यसलाई राम्ररी परिचालन गर्न सकेमा मात्र सम्बृद्धि हासिल गर्न सकिन्छ नेपालमा कृषि पशुपन्छि तथा मस्त्ष बिकासको क्षेत्रमा समृद्धि प्राप्त गर्न व्यबशायिक यान्त्रिकरण तथा आधुनिक प्राबिधिक ज्ञानसहितको स्थानिय रैंथाने बाली बस्तुको संरक्षण सम्वर्धन र बिकासको बारेमा राज्यबाट यथोचित बिश्लेशण गर्न आबश्यक देखिन्छ ।

विकास :
राज्यका अवयवहरुमा सकारात्मक परिवर्तन भै कृषकहरुको आयस्तरमा सुधारहुनुनै बास्तविक अर्थमा विकास हो भन्न सकिन्छ । विभिन्न पक्षहरु जस्तै आर्थिक सामाजिकभौतिक र साँस्कृतिक रुपमा भएको प्रगती र यसको उन्नयन नै विकास हो । पहिलेको समयमा भौतिक वा आर्थिक रुपमा प्रगती गर्नु नै विकास मानिन्थ्यो भने त्यो धारणा पछिल्लो समयमा आएर परिवर्तन भएको छ जहाँ मानवीय पक्ष लगायत आर्थिक समुन्नत समाज साँस्कृतिक र नैतिक रुपमा सबल योग्य सक्ष्यम कृषकहरु हुनुलाइ बिकाश हो भन्नुमा अतिसयोक्ति नहोला ।

समृद्धि :
समृद्धि विकासको उच्चतम अवस्था हो जहाँ हरेक नागरिकले आफ्नो राज्यप्रति गर्व गर्न लायक भइ हरेक दृष्टिकोणबाट राज्य र राज्य व्यवस्थाप्रति सम्मानको भाव दर्शाउँछ । समृद्धिको निम्ती राज्यको सबल प्रयास पक्कै पनि जरुरी हुन्छ । प्रत्येक नागरिकको भावना एकत्रित भई राष्ट्र निर्माणमा योगदान दिनु नै समृद्धिको बलियो आधार बन्न सक्छ । समृद्धि एक साध्य हो भने यसको साधनको रुपमा सुशासन र विकास हुन् । कृषकहरुको आयआर्जनमा आधुनिकरण व्यवसायीकरण, यान्त्रिकिकरण, उत्पादकत्वमा सुधार बजारीकरणका लागि उपयुक्त बाताबरण तयार गरिदिनु राज्यको प्रमुख दायित्व हुन जान्छ ।
हरेक नागरिकको यो इच्छा र आकाँक्षा हुन्छ कि देश र राज्यले विकासको गति लियोस, रोजगारी सिर्जना हुने वाताबरण बनोस गरिबीमा कोही पनि बाँच्न नपरोस र आधारभूत आवश्यकताहरु देशभित्र नै उत्पादन भइ देशका सबै क्षेत्रमा आत्मनिर्भर बनोस । भौतिक रुपमा सबै कृषकहरु सम्पन्न हुन गइ विकासको चरणको अनुभुति जनताले सहजरुपमा महसुस गर्न सकुन. नैतिक र मानवीय रुपमा समेत नागरिकको सम्बृद्धि हुन सकेमा मात्र बिकाश भएको मान्न सकिन्छ । नागरिकको सुरक्षाका सवालहरुलाइ सरकारले सम्बोधन गर्नुपर्दछ । बाहिरी आक्रमण विरुद्धको मात्र सुरक्षा नभइ आधारभूत आवश्यकता देशको स्वाभिमान र सुरक्षाको अनुभुतिको आभास दिलाउनु पेशागत मर्यादालाइ उच्च सम्मान गर्दै, समृद्धिको सपना साकार पार्नको लागि राज्यबाट प्रदान गरिने हरेक सेवा सुबिधा समान रुपमा प्राप्त गर्न सुशासनको प्रत्याभुत हुनुपर्ने र राज्यका अंगहरुको सकरात्मक सहकार्य गरि विकासको लहर ल्याइ आम जनतालाई बिकाशको अनुभुति गराउनु आजको आवश्यकता हो भन्नुमा अत्युक्ति हुने छैन ।
त्यसैले कृषि पशुपंन्छि तथा मस्त्यपालनलाई माथीका अबधारणासँग जोड्दै कृषि पशुपंन्छि तथा मस्त्य पालन तथा व्यबशायका बारेमा चर्चा गर्नु सान्दर्भिक हुन आउँछ । नेपालमा ३९ लाख ९९ हजार कृषकले खेतिपाती गरेको र १ लाख ३२ हजारले पशुपन्छि मात्र पालेको देखिन्छ । पहिलो कृषि गणनामा प्रति कृषक परिवार १.११ हेक्टर जग्गा पर्दथ्यो भने २०७८ को गणनामा ०.७८ हेक्टरमा झरेको देखिन्छ । हाम्रो देशमा कृषि पशुपन्छि तथा मस्त्यपालनको प्रचुर संभावना रहेको छ ।
नेपालको बर्तमान समयमा कृषि क्षेत्रको कुल ग्राहस्थ्थ उत्पादनमा २५.१६ प्रतिशत पशुपंछी पालन क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब ११ प्रतिशत योगदान गर्दै आएको सन्दर्भमा यस क्षेत्रको विषेश आर्थिक महत्व रहि आएको छ । गरिवीको रेखामुनि रहेका र मातृ तथा बालबालिकाका कुपोषणका समस्यामा परेका कृषकहरुलाई कुपोषणको समस्याबाट न्युनिकरण गर्न र खाद्य सम्प्रभुता कायम गर्न खाध्यान्न तरकारी फलफूल दुध अण्डा माछा र मासुले महत्वपुर्ण भुमिका निर्वाह गर्दछ । हाम्रो जस्तो देशमा कृषि तथा पशुजन्य प्रोटिनको माग दिनानुदिन बढिरेको परिप्रेक्षमा कृषि तथा पशुजन्य पदार्थको उपलब्धतामा आत्मनिर्भर बन्न कृषि पशुपंछी तथा मस्त्य पालन क्षेत्रलाइ उच्च प्राथमिकतामा राखि देशको आवश्यकतालाई परिपुर्ती गर्नका लागि कृषि पशुपंछी तथा मस्त्यपालनको व्यवस्थापन वंश तथा नश्ल सुधार, चरन तथा पशु आहार, आन्तरिक तथा बाह्य परजिवी तथा पशुस्वास्थ्य र बजारिकरणका लागि व्यवसायिक रुपमा कृषि पशुपंछी तथा मस्त्यपालनको क्षेत्रमा थप अनुसन्धान र विकास गर्न आवश्यक छ । कृषि पशुपंछी तथा मस्त्यपालनको क्षेत्रमा गर्नुपर्ने महत्वपुर्ण दायित्व निर्वाह गर्न र यस क्षेत्रका साझेदारहरु संग जलवायु अनुकुलन कृषि पशुपंछी तथा मस्त्यपालन गरी दिगो आर्थिक विकास गरि खाद्य र पोषण सुरक्षा जस्ता कार्य गर्नको लागि कृषि पशुपंछी तथा मस्त्य विकास कार्यक्रमको ठुलो भुमिका रहन्छ । हाल देशमा प्रतिवर्ष करिव २० लाख ६० हजार मेक्ट्रिकटन दुध, करिव ४ लाख ३० हजार मेक्ट्रिकटन मासु र करिव १६० करोड गोटा अण्डा तथा माछा करिब १ लाख १३ हजार मेक्ट्रिकटन उत्पादन भइरहेको छ । कृषि पशुपंन्छि तथा मस्त्यजन्य पदार्थहरुको उपभोगबाट न्युनतम पौष्टिक तत्वको आपुर्तिका लागि प्रतिव्याक्ति प्रतिवर्ष दुध ९१ लिटर मासु १४ के.जि र अण्डा ४८ वटा हुनुपर्नेमा हालको विद्यमान उत्पादनलाई हेर्ने हो भने दुध ६७ लिटर मासु ११.५ के.जि र अण्डा ४४ वटा रहेको छ । यसरी कृषि पशुपंछी तथा मस्त्यजन्य पदार्थको उत्पादन तिव्र रुपमा वृद्धि गरी आर्थिक समृद्धि तर्फ उन्मुख हुनु पर्ने चुनौती हाम्रो सामु छ । यसको लागि स्वच्छ एवं गुणस्तरीय कृषि पशुपंछी तथा मस्त्यजन्य उत्पादनका माध्यमबाट मुलुकलाई कृषि पशुपन्छी तथा मस्त्यजन्य उत्पादनमा आत्मनिर्भर बनाइ गरिबी भोकमरी, तथा कुपोषणलाई न्युनिकरण गरि खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउदै उन्नत प्रविधियुक्त व्यवसायिक रुपमा कृषि पशुपंछी तथा मस्त्यपालनलाइ बढाउदै कृषि पशुपंछी तथा मस्त्यजन्य पदार्थको आयात प्रतिस्थापन गरी यस क्षेत्रमा महिला, वेरोजगार युवा तथा सामाजिक रुपमा पिछडिएका वर्गहरुको लागि स्वरोजगार सृजना गर्ने कार्यबाट समृद्धि सृजना गरि आत्मनिर्भर भइ निर्यात गर्न सवल हुने नेपाली बनाउन मद्दत पुग्ने देखिन्छ ।
विश्वमा हालको तुलनामा आगामी बर्षहरुमा कृषि पशुपंछी तथा मस्त्यजन्य प्रोटिनको माग दोव्वरले वृद्धि हुने अनुमान गरिएको छ । कृषि पशुपंछी तथा मस्त्यजन्य पदार्थबाट विभिन्न रोगहरु बिषादीहरुबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम हुदा यसलाई न्युनिकरण गर्न र जुनोटिक रोगको भयाबह अबस्थालाई मध्यनजरमा राखी सचेतनाको माध्यमबाट एक स्वास्थ्यको अवधारणाको नितिबाट पनि पशुपन्छी तथा मस्त्यपालनको संभावना निकै बढेर गएको छ । यसका साथै कृषि पशुपंछी तथा मस्त्यपालक कृषकहरु व्यावसायिक रुपमा प्रतिस्प्रधि क्षमतामा अभिवृद्धि गरी कृषि पशुपंछी तथा मस्त्य पालनको उत्पादन तथा उत्पादकत्व वढाउने संभावनालाई पनि नकार्न सकिदैन ।

कृषि पशुपन्छी तथा मस्त्यपालनको सम्भावना

# हिमाली क्षेत्रहरुमा जहाँ यातायातको पहुँच पुगेको छैन त्यस्ता ठाउहरुमा व्यावसायिक कृषि तथा पशुपालन गरी कृषिजन्य पदार्थमा आत्मनिर्भर गराउने पशुजन्य उत्पादनको माध्यमबाट विभिन्न खालका खेलौना, ज्याकेट, बेल्ट, पर्श जस्ता दैनिक जिवनमा आवश्यक पर्ने सामाग्रीहरुको परिपुर्तिको लागि पनि पशु पालनको माध्यमबाट घरेलु तथा कटेज उध्योगहरुको स्थापना हुन जाने मालसमान ढुवानी तथा यातयातको साधनको रुपमा पनि पशुपालनको क्षेत्रको संभावना रहेको छ । यसबाट उच्च तथा हिमाली क्षेत्रमा कृषि तथा पशुपन्छीको प्रचुर संभावना रहेको छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी दीगो कृषि विकासको माध्यमबाट जीवनस्तरमा क्रमिक सुधार ल्याउने तथा कृषि पशुपन्छी तथा मस्त्य उत्पादन एवं उत्पादकत्व बढाउन सकिनेछ ।
# व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरुको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने ।
# प्राकृतिक श्रोत, वातावरण र जैविक विविधताको संरक्षण, सम्वद्र्धन एवं सदुपयोग गर्ने ।
# कृषि पशुपन्छी तथा मस्त्यजन्य पदार्थको उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याउने र यसको यथोचित प्रयोगबाट कुपोषणको समस्या हटाउदै लाने ।
# ग्रामीण अर्थतन्त्रलाई टेवा पु¥याउन र क्षेत्रीय सन्तुलन कायम गर्न कृषि पशुपन्छी तथा मस्त्यव्यवसायलाई विशेष ध्यान दिने ।
# कृषि पशुपन्छी तथा मस्त्यपालनबाट गरीब तथा सामाजिक दृष्टिकोणबाट पिछडिएका वर्ग र महिला वर्गको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउन विशेष योगदान प¥याउने ।
# उन्नत कृषि पशुपन्छी तथा मस्त्य पालन पेशालाई कृषक परिवारको प्रमुख आय श्रोतको रुपमा विकास गरी वातावरण संरक्षण तथा सन्तुलन कायम गर्न सहयोग पु¥याउने ।
# देशको कृषिधन पशुपन्छी तथा मस्त्यधनको सुरक्षा र जनस्वास्थ्य संरक्षणमा योगदान पु¥याउन विषादी पशुपन्छी तथा मस्त्य रोगहरुको रोकथाम नियन्त्रण र न्युनिकरणमा सुधार हुने ।
# आयात प्रतिस्थापन तथा निर्यातमुलककृषि पशुपन्छी तथा मस्त्य उत्पादनबाट उद्योगलाई कच्चा पदार्थ उपलव्ध गराई सहयोग पुर्याउने ।
# व्यवसायिक कृषि पशुपन्छी तथा मस्त्यपालन, त्यसको श्रोत विकास तथा संरक्षण सेवा तथा वजार व्यवस्थापनमा निजि क्षेत्रलाई संलग्न गराउने ।
# कृषि पशुपन्छी तथा मस्त्य उत्पादन क्षेत्र र सम्वन्धित उद्योग र व्यापारलाई प्रोत्साहन दिई स्वरोजगारको अवसरमा वृद्धि ल्याउने ।
# कृषि पशुपन्छी तथा मस्त्य उद्योग व्यवसायसंग सम्बन्धित सामाग्रीहरुको गुणँस्तर निर्धारण तथा नियन्त्रण तथा सेवामा विस्तार गर्ने ।

चुनौतिहरु :
माथी उल्लेखित सम्भावनाहरु प्रचुर रुपमा कृषि पशुपन्छी तथा मस्त्य क्षेत्रमा हुदाहुदै पनि अल्पकालिन मध्यकालिन तथा दीर्घकालिन चुनौतिहरु हाम्रा सामु बिध्यमान छन् । यि चुनौतिहरुलाई सामना गर्न तल उल्लेखित कार्यलाइ अबलम्वन गर्नुपर्ने देखिन्छ ।
हाम्रो देशमा भएका स्थानीय कृषिजन्य पदार्थहरुको उत्पादकत्व न्युन हुनु पशुपंछीहरुको संख्या धेरै तर यिनीहरुको उत्पादकत्व ज्यादै न्युन हुनु हाम्रो लागी चुनौतिको विषय हो भने यि बाली वस्तुबाट उत्पादित कृषि तथा पशुजन्य पदार्थको उत्पादन लागत निश्चयनै बढि हुने गर्दछ ।
# कृषिपशुपन्छी तथा मस्त्यक्षेत्रमा बिउबिजन दाना घाँस पशुस्वास्थ्य व्यवस्थापन तथा बजारीकरणमा अन्य देशको तुलनामा उन्नत प्रबिधि अबलम्वन गर्न सकिएको छैन । कृषि पशुपन्छी तथा मस्त्यपालनको लागी बैज्ञानिक अनुसन्धान अत्यन्त आवश्यक आधार हो तर यस सम्बन्धमा राज्यबाट खासै पहल भएको महसुस गर्न सकिएको छैन भएपनि एकदमै कम बजेट व्यवस्थापन हुनु र अनुसन्धानको लागी स्पष्ट धारणा र दिर्घकालीन सोच अनुसार भए गरेको देखिदैन जसले गर्दा उन्नत प्रबिधिआफ्नै देशको उन्नत जातहरु मलबिउआदि नहुदा बैदेशिक आयातमा निर्भरहुन परेको यथार्थ सबैमा जगजाहेर नै छ ।
# कृषि पशुपन्छी तथा मस्त्य क्षेत्रमा कामगर्ने दक्ष जनशक्ति र विज्ञ सेवा तथा दक्ष अर्धदक्ष श्रमिकको कमि छ ।
# कृषि पशुपन्छी तथा मस्त्य क्षेत्रमा व्यवसायिक श्रोत केन्द्रको अभाव छ ।
# कृषि ऋण अन्तरगत कृषकहरुलाइ न्युन व्याजदरमा ऋण (सोहि परीयोजना धितो राखेर) दिने व्यवस्थाको अभाव छ ।
# विगतमा विनियोजीत वजेटलाइ मूल्याङ्कन गर्ने हो भने कृषि पशुपन्छी तथा मस्त्य पालनको क्षेत्रमा सिमीत वजेट छुट्याइएको अवस्था छ ।
# कृषि पशुपन्छी तथा मस्त्यक्षेत्रको सुरक्षाको लागी विमा कार्यक्रमले सोचे जस्तो परिणाम दिन नसक्नु अर्को ठुलो चुनौति हो । यसका लागि विद्यमान विमा पोलिसिलाई समय सापेक्ष परिमार्जन गर्न सम्बद्ध सरोकारवाला निकाय तथा विमा समितिले अन्तरक्रिया गरी आवश्यक कार्य गर्न पर्ने देखिन्छ ।
# भरपर्दो बजारीकरण समस्याको रुपमा छ । हालको परिप्रेक्षमा स्थानीय तहहरु कृषि पशुपन्छी तथा मस्त्य क्षेत्रको विकासमा के गर्ने, कसरी गर्ने भन्ने कुरामा द्विविधामा छन् । सरकारी क्षेत्रबाट यथेष्ठ पहल हुनुपर्ने देखिन्छ ।

माथी उल्लेखित अल्पकालिन मध्यकालिन र दिर्घकालिन चुनौतिहरु हाम्रा सामु बिध्यमान छन् । यि चुनौतिहरुलाई सामाधान गरि सुधार गर्न सकेमा प्रसस्त सम्भावनाका ढोका खुल्नेछन । यसबाहेक तल उल्लेखित कार्यलाई अबलम्वन गर्दा अझ फलदायी हुने देखिन्न्छ ।
विगतको कार्यहरुबाट पाठ सिक्दै कृषि पशुपन्छी तथा मस्त्य पालनलाई आधुनिक व्यवसायिक र आयआर्जनको प्रमुख श्रोतको रुपमा विकास गर्नु पर्ने र समग्र कृषिको विकासबाट राष्ट्रको बिकास हुने कुरा विर्सन हुदैन । कृषि पशुपन्छी तथा मस्त्यजन्य पदार्थको माग अत्याधिक भएको हुदा हालको उत्पादकत्वलाई पाँच गुणाले वृद्धि गर्नुपर्ने देखिन्छ ।

(लेखक बुटवल उद्योग वाणिज्य संघका कृषि परामर्शदाता हुनुहुन्छ ।)