प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

1.3K

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मोरङका मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार बसेको परिषद्को बैठकले कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा काठमाडौंका राजीव सुब्बा र आगामी असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा ओखलढुंगाका गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि पनि सिफारिस गरेको छ ।
सिफारिस भएका राजीव सुब्बा नेपाल प्रहरीका पूर्व डीआईजी हुन् भने गुरुप्रसाद वाग्ले अवकाशप्राप्त सरकारी वकिल हुन् ।
नेपालको संविधानअनुसार संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ । परिषद्को सिफारिसपछि संवैधानिक प्रक्रिया पूरा गरी नियुक्ति हुने प्रावधान छ ।