चिसो बढेपछि बुटवलका विद्यालयमा तीन दिन बिदा

1.3K

चिसो बढेपछि बुटवलका विद्यालयमा तीन दिन बिदा

अत्यधिक चिसो र शीतलहर बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बुटवल उपमहानगरपालिकाद्वारा जारी सूचनाअनुसार पछिल्ला केही दिनदेखि चिसो ह्वात्तै बढेको र शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै विद्यालय विदा दिइएको हो । वार्षिक विदाबाट कट्टी हुने गरी मिति २०८२ पुस ११, १३ र १४ गते तीन दिन विद्यालय बन्द रहने जनाइएको छ ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा सबै विद्यालयलाई उक्त अवधिमा पठनपाठन स्थगन गरी विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ ।
चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरू बढी प्रभावित हुने भएकाले आवश्यक सावधानी अपनाउनसमेत उपमहानगरपालिकाले अनुरोध गरेको छ ।