पूर्वसांसद घिमिरेले त्यागे एमाले

1.3K

पूर्वसांसद घिमिरेले त्यागे एमाले

नेकपा एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यमा उनले पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले जनताको इच्छा र चाहना सम्बोधन गर्न नसकेको निष्कर्षसहित पार्टीबाट अलगिएको घोषणा गर्नुभएकाे हाे ।
घिमिरेले वर्तमान समयको आम जनचाहना सुशासन, विकास र समृद्धिसँगै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरण रहेको उल्लेख गर्नुभएकाे छ । “देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो,” उहाँले भन्नुभएकाे छ । देशप्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त भएको पनि उहाँको भनाइ छ ।
पुराना राजनीतिक दलहरूको नेतृत्वबाट जनअपेक्षा सम्बोधन हुने अवस्था नदेखिएको भन्दै उहाँले आफू संलग्न रहेको पार्टीको जिम्मेवारीबाट अलगिएको बताउँदै आजसम्म आफूलाई अवसर र जिम्मेवारी प्रदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएकाे छ ।
तिलोत्तमा नगरपालिकाका पूर्वमेयरसमेत रहनु भएका घिमिरे यसअघिको निर्वाचनमा रुपन्देही–५ बाट निर्वाचित हुनुभएकाे थियाे । पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नजिक रहेको बताइन्छ । बालेन शाह राश्वपामा गएपछि घिमिरेले पनि याे निर्णय लिनुभएका हाे ।