साधारण सभा तथा अधिवेशनको अवसरमा रक्तदान र बिरामीलाई फलफूल

1.3K

साधारण सभा तथा अधिवेशनको अवसरमा रक्तदान र बिरामीलाई फलफूल

लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको साधारण सभा तथा अधिवेशनको अवसरमा रक्तदान तथा अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । संघको १९ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको अवसर पारेर गत आईतबार रक्तदान गरिएको हो त्यसभन्दा अंगाडि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालका २५० जना विरामीलाई फलफूल वितरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष मोह्मद याकुवले जानकारी गराउनु भयो ।
संघको आगामी सोमबार १९ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको मिति तय गरिएको छ । आईतबार लुम्बिनी फलफूल तरकारी थोक बजार परिषरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको पनि उहाँले बताउनु भयो ।
संघका अध्यक्ष बाबुराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले संघले सामाजिक उत्तरदायित्व बहन गरि सामाजिक सेवाका काम गरेकोमा प्रसंशा गर्नुभयो ।
त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष तथा विरामीलाई फलफूल वितरण कार्यक्रमका संयोजक मोह्मद याकुव, उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक अमृतबाबुर भट्टराई, संस्थापक अध्यक्ष घनश्याम भुसाल, पूर्व अध्यक्ष हाजि वजिर शाह, निवर्तमान अध्यक्ष केशव कुवँर लगायतले रक्तदातालाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।