नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको अध्यक्षमा पुन: थानेश्वर न्याैपानेलाई चयन गरिएकाे छ । बिहिबार बुटवलमा सम्पन्न छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले न्याैपानेकाे नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
नवनिर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा कमलप्रसाद भुसाल, सचिवमा विजय सापकोटा, काेषाध्यक्षमा लेखनाथ भण्डारी तथा सहसचिवमा लिलाराम भुसाल (एल.आर.) लाई चयन गरिएकाे छ ।
त्यसैगरी सदस्यहरूमा सन्दिप जैसवाल, लोकराज पोखरेल, काशिराम भट्टराई, कमलप्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदिप न्यौपाने र नवराज सापकोटालाई चयन गरिएकाे छ ।
अधिवेशनले लुम्बिनी प्रदेशका डेरी उद्योगको वर्तमान अवस्था, समस्या र सम्भावनाबारे छलफल गर्दै आगामी कार्यकालमा किसान, उद्योगी र उपभोक्ताबीच समन्वय मजबुत बनाउने तथा डेरी क्षेत्रको दिगो विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।