सहकारीकाे मर्मअनुसार सञ्चालन गरे समस्या आउदैन

1.3K

सहकारीकाे मर्मअनुसार सञ्चालन गरे समस्या आउदैन

धाैलागिरी बहुउदेश्यीय सहकारी संस्थाकाे २६ ओैं वार्षक साधारण सभा सम्पन्न भएकाे छ । शुक्रबार बुटवलमा सम्पन्न साधारण सभाले प्रस्तुत वार्षिक प्रतिवेदन, आर्थिक तथा लेखा प्रतिवेदन पारित गरेकाे छ ।
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष गाेविन्द खनालले संस्थाकाे वित्तीय अवस्था सुरक्षित रहेको दाबी गर्नुभयाे । उहाँका अनुसार सदस्यहरूको बचत सुरक्षित रहेकाे र कारोबार सहकारी ऐन तथा नियमावलीअनुसार नियमित रूपमा सञ्चालन भइरहेको छ । संस्थाले केही कर्जा असुलीमा समस्या देखिए पनि त्यसको समाधानका लागि आन्तरिक सुधार र कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । साथै, गलत प्रचारप्रति ध्यान नदिन र आधिकारिक सूचनामात्र विश्वास गर्न सदस्यहरूलाई आग्रह गरिएको छ ।
कार्यक्रममा बाेल्दै संस्थाका संरक्षक, संस्थापक अध्यक्ष तथा तिलाेत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले सहकारी सहकारीकाे मर्म, विधि र पद्धतीमा चल्ने हाे भने सहकारीका माध्यमबाट ठूलाे आर्थिक रुपान्तरण गर्न सकिने भनाई राख्नुभयाे । उहाँले अहिले सहकारी सहकारीकाे मर्म, विधि र पद्धतीमा ऐन, कानुन नमानेकै कारण धेरै सहकारीमा समस्या आएकाे बताउनु भयाे ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन, संस्थाका सल्लाहकार युवराज गिरी, डा. विनाेद पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पाेख्रेल, उक्त सहकारीका उपाध्यक्ष देव खनाल, सचिव ठाकुर घिमिरे लगायतले भनाई राख्नुभएकाे थियाे ।
त्यसै अवसरमा शैक्षिक क्षेत्रमा तहगत रुपमा उत्कृषट अंक ल्याउने शेयर सदस्यका छाेराछाेरी, संस्थाका शेयर सदस्य मध्ये जेष्ठ नागरिक र असल काराेवारीलाई सम्मान गरिएकाे थियाे ।