डल्फिन पाईपद्वारा बुटवलमा टेक्निसियनसँग भेटघाट

1.3K

डल्फिन पाईपद्वारा बुटवलमा टेक्निसियनसँग भेटघाट

डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रा. लि. विराटनगरले बुटवलमा टेक्निसियनहरूसँग भेटघाट तथा छलफल कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै कम्पनीका मार्केटिङ हेड सुधिर सिग्देलले डल्फिन पाईप विगत दुई वर्षदेखि सञ्चालनमा आएको जानकारी दिनुभयाे । उहाँले छोटो अवधिमै देशभर एउटै मूल्यमा उत्पादन उपलब्ध गराउन सफल भएकोमा खुशी व्यक्त गर्दै पाईप नयाँ प्रविधिमा आधारित रहेको बताउनु भयाे ।
सिग्देलले कम्पनीको गुणस्तरप्रतिको प्रतिबद्धताका कारण दुई वर्षभित्रै डल्फिन पाईपले देशभर राम्रो बजार लिन सफल भएको उल्लेख गर्नुभयाे । उहाँले पाईपलाई ढुक्कका साथ प्रयोग गर्न आग्रह गर्दै डल्फिन पाईपमा जीवनभरको सुरक्षाको ग्यारेन्टी रहेको दाबी गर्नुभयाे ।
डल्फिन पाईप लुम्बिनी प्रदेशका मार्केटिङ इन्चार्ज कपिल पौडेलले लुम्बिनी प्रदेशमा पनि डल्फिन पाईपको माग उल्लेखनीय रूपमा बढ्दै गएको बताउनु भयाे । कम्पनी स्थापना भएको दुई वर्षमै पाईपले राम्रो बजार हिस्सा लिन सफल भएको उहाँको भनाइ थियो ।
पाईपका डिस्टिब्युटर सुसिल थापाले डल्फिन पाईपले उपभोक्ताको विश्वास जित्दै गएको उल्लेख गर्दै आगामी दिनमा माग अझै बढ्ने विश्वास व्यक्त गर्नुभयाे ।

त्यस्तै, अर्का डिस्टिब्युटर मनोज रानाले डल्फिन पाईपमा कुनै किसिमको कमजोरी नदेखिएको बताउँदै गुणस्तरका कारण माग निरन्तर बढ्दै गएको भनाई राख्नुभयाे । उहाँले सबैलाई ढुक्क भएर प्रयोग गर्न आग्रह गर्नुभयाे ।
कार्यक्रममा सहभागी टेक्निसियन दीपक जिसीले टेक्निसियनहरूको सुझावलाई मध्यनजर गर्दै कम्पनीले अगाडि बढ्नुपर्ने सुझाव दिनुभयाे । अर्का टेक्निसियन विष्णु भट्टराईले जस्तोसुकै गुणस्तरीय पाईप भए पनि काम गर्दा टेक्निसियनले विशेष ध्यान दिनुपर्ने बताउनुभयाे ।
रुपन्देही जिल्लाका करिब १५० जना टेक्निसियनहरूको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत डिस्टिब्युटर बलाराम रानाले गरेका थिए भने कार्यक्रम डिस्टिब्युटर तथा जयबाबा भैरव सप्लायर्सका सञ्चालक विधान कार्कीले सञ्चालन गर्नुभएकाे थियाे ।