उज्यालो नेपाल पार्टीले अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गरेको छल। पार्टी प्रवक्ता डा. राजु थापाले अध्यक्ष नियुक्तिसम्बन्धी औपचारिक घोषणा छिट्टै गरिने जानकारी दिनुभएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालसँगको एकता सहमति भाँडिएपछि उज्यालो नेपाल पार्टीले नयाँ नेतृत्व चयन गर्दै कुलमान घिसिङलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अनुप उपाध्याय अध्यक्षका रूपमा उल्लेख गरिएको थियो । बदलिँदो राजनीतिक परिस्थितिका कारण पार्टीले नेतृत्वमा पुनर्संरचना गरेको जनाइएको छ ।
अध्यक्ष नियुक्तिसम्बन्धी निर्णयका विषयमा छलफल गर्न आजै उज्यालो नेपालको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ । नव नियुक्त अध्यक्ष कुलमान घिसिङले आजै पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रवक्ता थापाले बताउनु भयाे ।