काँग्रेस विशेष महाधिवेशन : त्रिपक्षीय वार्ता सकियो

1.3K

काँग्रेस विशेष महाधिवेशन : त्रिपक्षीय वार्ता सकियो

नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टी नेतृत्व, विशेष महाधिवेशन पक्ष र शेखर समुह बिच त्रिपक्षीय रुपमा भएको वार्ता सकिएको छ । वार्ता सकिएर संस्थापन पक्षका नेताहरु सभापति शेरबहादुर देउवालाई जानकारी गराउन गएका छन् ।
वार्ता केही विषयमा सहमति उन्मुख देखिएपनि सबै विवाद पूर्ण रूपमा टुंगोमा पुग्न नसक्दा अबको राजनीतिक दिशाबारे चासो बढेको छ ।
यता, वार्ता चलिरहेकै बेला उता विशेष महाधिवेशनको नियमित प्रक्रिया भने रोकिएको छैन । पार्टी स्रोतका अनुसार महाधिवेशनका लागि तय गरिएका कार्यसूचीअनुसार तयारी अगाडि बढिरहेको छ । त्यसअन्तर्गत निर्वाचन प्रक्रिया समेत औपचारिक रूपमा सुरु भइसकेको छ । निर्वाचन समितिको गठन, उम्मेदवार दर्ता तथा अन्य प्राविधिक तयारी नियमित कार्यतालिकाअनुसार अघि बढाइएको छ । निर्वाचनको कार्यतालिका ल्याईएपनि विशेष महाधिवेशन स्थलमा प्रहरीको सुरक्षा समेत बढाईएको छ ।
त्यसैगरी पार्टीको संस्थापन पक्षका नेताकार्यकर्ताहरु पनि पार्टी कार्यालय सानेपामा भेला भएका छन् । अहिले केन्द्रीय कार्यसमितिको बैठक बोलाईएकाले पनि पार्टी कार्यालयमा चहलपहल बढेको अनुमान गर्न सकिन्छ ।