स्याङ्जाली परिवारमा रक्तदान : ३९ युनिट रगत संकलन

1.3K

स्याङ्जाली परिवारमा रक्तदान : ३९ युनिट रगत संकलन

स्याङ्जाली परिवार रुपन्देही, बुटवल उपमहानगर समितिले बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ ।
स्याङ्जाली परिवार रुपन्देही बुटवल उपमहानगर समितिको आयोजना तथा रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए ।
सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष अर्जुन भण्डारीले बताए । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक पर्ने रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा उद्योगी रामप्रसाद बस्यालले रक्तदान संस्कृतिको विकासका लागि नागरिकमा निरन्तर चेतना अभिवृद्धि गर्नुपर्ने बताए । बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले रक्तदान जीवनदान भएकाले नियमित रक्तदान गर्ने संस्कृतिको विकासमा जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्दा आवश्यक परेका बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले स्वस्थ व्यक्तिमा निश्चित अवधिमा रगतको पुनःनिर्माण हुने भएकाले रक्तदानलाई सामाजिक सेवाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
समितिका अध्यक्ष अर्जुन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार बाबुराम भट्टराई, महासचिव रमेश पाण्डेलगायतले रक्तदानको महत्वबारे धारणा राखेका थिए ।