प्रतिपक्षी दलहरूले संसद् बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले जनजीविका, राष्ट्रियता, लोकतन्त्र र संविधानका विषयमा गम्भीर छलफल गर्न संसद् बैठक आवश्यक रहेको निष्कर्षसहित सरकारको ध्यानाकर्षण गराएको हो ।
संसद् बैठकमार्फत जनताका समस्या, राष्ट्रियतासँग जोडिएका सवाल, लोकतान्त्रिक मूल्य–मान्यता तथा संविधानमाथि उठेका प्रश्नहरूमा गम्भीर बहस हुनुपर्ने प्रतिपक्षी दलहरूको धारणा छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भएको छ । नेपालको राजनीतिक वृत्तमा देखिएका समस्याका साथै राष्ट्रियता, जनजीविका र विपद्पछिको पुनर्निर्माणका विषयमा दलहरूले साझा चासो व्यक्त गरेका छन् ।
राष्ट्रियता र जनजीविकाका सवालमा गम्भीर प्रश्न उठेका छन् । विपद्बाट प्रभावित जनतालाई राहत तथा पुनस्र्थापना र पुनर्निर्माणका कामलाई पनि प्रभावकारी बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ ।
प्रतिपक्षी दलहरूले यी विषयमा सरकारलाई जवाफदेही बनाउन र राष्ट्रिय महत्वका मुद्दामा संसदीय छलफल अघि बढाउन संसद् बैठक आवश्यक रहेको बताएका छन् ।