२८, चैत्र ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँडले देशको सबैभन्दा ठुलो पार्टि नेपाली कांग्रेस सरकार मा गएपछि मात्रै स्थानिय निर्वाचन हुने बताउनुभएको छ । उहाले देशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बसेर हालको सरकार ले स्थानिय निर्वाचन गराउन नसक्ने उहाँले बताउँनुभयो ।
रुपन्देही क्षेत्र नं. ३ को को नवनिर्वाचित क्षेत्रिय समिति को पद हस्तान्तरण कार्यक्रम लाइ फर्साटिकरमा सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । अपाकृतिक गठबन्धनबाट बनेको अहिले को सरकारले राष्ट्रिय हित का ठुला कार्यहरु गर्न नसक्ने बताउदै अब देशलाइ अगाडी बढाउनका लागी राष्ट्रिय सरकार बनाउने बेला आएको उहाको भनाइ छ । ‘प्राविधिक रुपमा बहुमत पुर्याएर बनेको गठबन्धनको जग कमजोर भएकाले यो सरकार ले मुलुकका ठुला निर्णय हरु गर्न सक्दैन ’, उहाले भन्नुभयो — ‘अहिले कांग्रेस एमाले एमाओवादी र मधेशकेन्द्रित दल ४ वटै दलहरुहरुको सहमति आवश्यक छ ।’
प्रधानमन्त्रि ओली तर्फ लक्षित गर्दै उहाले उखान टुक्काले मात्रै देश अगाडी बढ्न नसक्ने भएकाले अब राष्ट्रिय सहमतिका लागी मार्ग प्रसस्त गर्न आग्रह समेत गर्नुभयो । उहाले हालै सम्पन्न पार्टिको १३ औ महाधिबेशनबाट आएको नया नेत्तित्वले पार्टि सुद्धणिकरण संगै कार्यक्रता एकता मा ध्यान दिने गरि अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।१३ औ महाधिबेशन बाट केन्दिय सदस्य मा बिजयी भएपनि आफ्नो कुनै पदमा अपेक्षा नरहेको उहाले जिकिर गर्नुभयो ।
रुपन्देही क्षेत्र नं. ३ का सभाषद समेत रहेका खाडले जिल्ला को विकाश का लागी आफु सधै प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला सचिब रामकृष्ण खाड,महासमिति सदस्य प्रेम नारायण खरेल, महिला संघ रुपन्देहीकी सभापती गंगा साही, , नेपाल तरुणदल जिल्ला अध्यक्ष चिरञ्जीवी पौडेल, सौ र्फसाटिकटका सभापती शेर बहादुर काफ्ले , जिल्ला सदस्य शिवराम न्यौपाने , तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेय, वडा नं. १७ का सभापति प्रेम प्रसाद पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा निवर्तमान सभापति यम बहादुर खत्रीले नवनिर्वाचित सभापति प्रेम बहादुर फौज्दारलाई पदहस्तान्तरण गर्नु भएको छ । कार्यक्रम क्षेत्रिय सचिब घनश्याम चालिसेको संचालन मा भएको हो ।.dpuf