मोवाईल एक्स्पोको तयारी पुरा, खरिदमा ५ देखि ३० प्रतिसत छुट दिईने

मोवाईल एक्स्पोको तयारी पुरा, खरिदमा ५ देखि ३० प्रतिसत छुट दिईने

mobile expoबुटवल, बैशाख । बुटवल उद्योग बाणिज्य संघको मोवाईल बस्तुगत समितिले शनिबारदेखि सञ्चालन गर्न लागेको मोवाईल मेलाको तयारी पुरा भएको आयोजकले बताएका छन् । संघ अन्तरगत गठित मोवाईल बस्तुगत समितिले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
यहि बैशाखको ४ देखि ६ गतेसम्म सञ्चालन गर्न लागिएको मेलामा ३० वटा भन्दा बढी ब्राण्डका मोवाईलहरु रहने छने भने मेलामा २५ वटा स्टल बुकिङ् गरिएको मोवाईल एक्स्पो–२०७३ का संयोजक एमएल पाण्डेले जानकारी दिनुभयो । उपत्यका बाहिर पहिलो पटक गर्न लागिएको सो मेलामा ३० हजार दर्शक भित्र्याउने र एक करोड रुपैंयाको कारोवार गर्ने आयोजकले लक्ष्य लिएका छन् ।
मेलालाई आकर्षक बनाउनकालागि मेला भित्र हरेक मोवाईलको खरिदमा उपहार र छुट स्किम राखिएको छ । मोवाईलको कम्पनी अनुसार खरिदमा ५ देखि ३० प्रतिसतसम्म छुटको व्यबस्था गरिएको सचिव सुरेन्द्र भारीले बताउनु भयो । मेलाको प्रचार प्रसारमा उल्लेखनीय सहयोग पु¥याउने ३ जना पत्रकारलाई समापन समारोहमा पुरस्कृत गरिने पनि उहाँले बताउनु भयो ।
९ सय रुपैंयादेखि १ लाख सम्ममा मोवाईल रहने सो मेलामा सुरक्षा व्यबस्था उस्तै मजवुद बनाईएको छ । आयोजक, सुरक्षा निकायहरुको सहकार्यमा व्यबस्थित सुरक्षा टिम बनाईएको मुल आयोजक समितिका संयोजक पाण्डेले बताउनु भयो । यसका अतिरिक्त मेला प्रवेश स्थल, मेला स्थलमा सिसि टिभी जडान गरिएको उहाँले जानकारी दिनुभयो ।
फोन आदान प्रदान र त्यसमा भएका अन्य प्रबिधि तथा गेम खेल्ने सम्म गरि तीन पुस्ताको हातमा रहने मोवाईल सञ्चालनका हिसावले पनि उत्तिकै चुनौति छ । यस्ता सुरक्षा चुनौतीबाट कसरी जोगिने जस्ता आधारभूत ज्ञान प्रदान गर्ने खालका थप कार्यक्रम समेत समावेश गर्न पत्रकार सम्मेलनमा पत्रकारहरुले सुझाव दिएका छन् । यद्यपी आयोजकले मोवाईलको प्रायोग सम्बन्धि आधारभूत परामर्श सम्बन्धित कम्पनीले नै दिने कार्यक्रम निर्धारण गरेका छन् । बुटवल क्षेत्रमा मासिक ६ करोड भन्दा बढीको मोवाईलको कारोवार हुने अनुमान आयोजकको छ । जसमा करिव डेढ सय व्यबसायी छ । २६ वटा ब्राण्डका मोवाईल नेपाली बजारमा उपलब्ध छ । जसमध्ये यस क्षेत्रमा सबैभन्दा बढी स्यामसुङ् कम्पनीले २८ प्रतिसत हिस्सा ओगटेको आयोजकले बताएका छन् ।
२०१० सालमा स्थापित बुटवल उद्योग बाणिज्य संघले २०४२ सालमा उपत्यका बाहिर पहिलो पटक औद्योगिक मेलाको सुरुवात गरेको थियो भने २०६२ देखि बिशिष्टकृत कृषि मेला सञ्चालन गर्दै आएको छ । त्यस्तै अघिल्लो वर्ष मात्रै बिशिष्टकृत रुपमा उपत्यका बाहिर पहिलो पटक जुत्ता मेला गरेको थियो । अहिले उपत्यका बाहिर पहिलो पटक मोवाईल मेला गर्न लागेको हो । हरेक बस्तुको उत्पादनलाई प्रवद्र्धन गर्न तथा उद्योगी र उपभोक्तालाई प्रत्यक्ष सम्पर्कमा राख्न पनि महत्वपूर्ण हुने भएकाले यस्ता बिशिष्टकृत मेलालाई प्राथमिकता दिईएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बताउनु भयो । सुरुवात भएका मेलालाई आगामी वर्षहरुमा निरन्तरता दिईने उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, संघका बाणिज्य उपाध्यक्ष उज्वल कसजु, मेलाका सहसंयोजक बिनोद पौडेललगायतले मेलालाई सहि रुपमा प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलाको उद्घाटन पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले गर्ने कार्यक्रम तय गरिएको आयोजकले बताएका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •