गुल्मी । नेपाली काँग्रेस गुल्मीले जिल्लामा पहिलोे पटक ‘गुल्मी पुकार’ नामक मासिक मुखपत्र प्रकाशन गरेको छ । जिल्लामा भए गरेका पार्टी गतिविधिलाई गाउँ तहसम्मका कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले उक्त मुख पत्र प्रकाशन गरिएको हो ।
मासिक रुपमा प्रकाशन गर्ने लक्ष्य सहित सुरु गरिएको सो पत्रिकाको नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बिमोचन गर्नुभयो । १२ पृष्ठ रहेको सो पत्रिकाको प्रधान सम्पादकमा दीन पन्थी र सम्पादकमा जनार्दन घिमिरे रहनुभएको छ ।
पत्रिकाले साहित्य, विचार, अन्तर्वार्ता, र पार्टी गतिबिधिलागायतका विषय वस्तुहरुलाई समावेश गरिएको छ । जिल्लामा हाल कुनै पनि खवर पत्रिकाहरु संचालन नभई रहेको अवस्थामा काँग्रेसको नवनिर्वाचित कार्य समितिको वैठकले पत्रिका प्रकासित गर्ने निर्णयनुसार उक्त पत्रिका प्रकाशनमा आएको हो । काँग्रेसले पत्रिकावाट पार्टिको नीति तथा विचार र गतिविधिलाई आम कार्यकर्ता माझ पु¥याउन सहयोग पुग्ने अपेक्षा गरेकोे छ ।